नेपाल आइडलविरुद्धको मुद्दा अदालतबाट खारेज

काठमाडौं, भाद्र २३ ।
नेपाल आइडलविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो ।
यसअघि अदालतले गत बुधवार शुक्रबारसम्म आएका भोट नगन्न अन्तरिम आदेश जारी गरेको थियो । नेपाल आइडलमा अहिले चार जना प्रतिस्पर्धी रहेका छन् ।
प्रतिक्रिया