दशैँ अगाडि ‘राष्ट्रिय चलचित्र अवार्ड’ वितरण गरिने

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार १२:५३


काठमाडौं, भाद्र २६ ।
नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै वितरण गर्न सकिएको थिएन ।

सो अर्वाड अब दशैँ अगाडि वितरण गरिने भएको छ । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गर्दै केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिएका छन् ।

चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....