नेपालीले सीमा क्षेत्रमा भोगेका समस्या बारेमा ‘दि कर्मा’ चलचित्र निर्माण गर्ने तयारी

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १९:४६


काठमाडौं, भाद्र २७ ।
नेपाल–भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर नेपाली र हिन्दी भाषामा चलचित्र ‘दि कर्मा’ निर्माण गर्ने तयारी जुटेका छन् । उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने जनाएको छ ।

चलचित्रको मुख्य भूमिकामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार बर्माको टुंगो लागेपनि नायिकाको टुंगो केही दिनमै लाग्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा क्षीतिजा शाक्य, नसिमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहने बताएको छ ।

बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’लगायत टलिउड फिल्म तथा मराठी चलचित्रमा अभिनय गरेका छन् । यस चलचित्रमा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहने बताएको छ ।

चलचित्र मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

जयराज राय र निशा खतिवडाले निर्माण गर्ने चलचित्र ‘द कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....