२ रुपैयाँ तिर्दा ‘दुई रुपैयाँ’ हेर्ने मौका

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार १०:५७


काठमाडौं, भदौ २८ ।
सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी बनाउन र सिनेमा प्रति आकर्षित गर्न यस सिनेमाका निर्माताहरुले एउटा स्किम लिएर आएका छन् ।

नाम जस्तै ‘दुई रुपैयाँ’लाई दर्शकले ‘दुई रुपैयाँ’मै हेर्न पाउने भएका छन् । गएको शुक्रबार रिलिज भएको सिनेमा ‘दुई रुपैयाँ’ लाई दर्शकले अत्याधिक मन पराएका छन् । रिलिज हुनुअघि नै सिनेमामा भएको गीत ‘कुटुमा कुटु’ले सिनेमाको चर्चा बढाएको थियो ।

‘कुटुमा कुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली सिनेमाको गीतको रेकर्ड पनि राखेको छ ।

असिम शाहको निर्देशनमा बनेको सिनेमा ‘दुई रुपैयाँ’ले शुरुवाती चार दिनमा राम्रो कारोबार गरेको छ । शुरुवाती दुईदिनमै दुई करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको यस सिनेमाले त्यस पछिका दुई दिनमा पनि राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

यस सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, मेनका प्रधान, बुद्धि तामाङ उर्फ हैट, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

यहि बिहीबार क्युएफएक्स कुमारी हल कमलपोखरीमा भाग्यशाली १ सय दर्शकले दुई रुपैयाँमा सिनेमा ‘दुई रुपैयाँ’ हेर्न पाउने छन् । २९ गते बिहीबार बिहान ११ बजेको शोमा भाग्यशाली १ सय दर्शकले यो मौका पाउनेछन् । तपाईँ पनि यसको भाग्यशाली दर्शक बन्न सक्नुहुनेछ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....