ओ.एस नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०७४ बाट महर्जन सम्मानित

काठमाडौं, भाद्र २९ ।
कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड – २०७४ (Lifetime Achievenent Award 2074) बाट सम्मानित भएको छ ।
हालै राजधानीको सुन्धारास्थित आर्मी अफिसको क्लबमा सम्पन्न भएको ओ. एस म्युजिक अवार्ड २०७४ मा २३० उत्कृष्ट मध्यबाट ४६ विद्यामा अवार्ड र प्रमाणपत्र वितरण गरिएको थियो भने उक्त कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ लाई उनले विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकारीता यात्राको मुल्यांकन गरि उक्त सम्मान दिएको हो ।
‘अमर’ का प्रकाशित सोह्र कृति मध्य तीन एल्बम रहेको छ, दुई उपन्यास, एक कविता संग्रह, चार गीत संग्रह, दुई हाइकु संग्रह, एक तान्का संग्रह, नेवारी गीत संग्रह आदि गरी हालसम्म प्रकाशित भएको छ । आधा दर्जन भन्दा बढी विभिन्न संधसंस्थामा आबद्ध रहेको र दर्जनभन्दा बढी पुरस्कारबाट सम्मान पनि प्राप्त गरिसकेको छ ।
प्रतिक्रिया