भुवन र दीलिप एकै दिन जन्मेका

काठमाडौं, असोज २ ।
सुपरस्टारको उपाधी पाएका नायक भुवन केसी र नायक दीलिप राइमाझीको एकै दिन जन्म परेको छ । संजोग नै भन्नु पर्छ दुवै नायकको जन्मदिन असोज १ गते परेको छ ।
करिब २० वर्षको उमेर अन्तर रहेका यि दुई नायक आआफ्नो समयमा निकै नै लोकप्रिय कलाकार हुन् ।
भुवन केसी को नाम सुन्ने वित्तिकै कन्र्टोभार्सी , रोमान्स र महिला पात्रको नाम जोडिएर आउने गरेको छ । उनी बहुविवाहका कारण चर्चा र विवादमा परे भने महिला संगको अक्तिरिक्त सम्बन्ध भएको बेलाबखतमा आउने खबरका कारण उनी विवादमा तानि रहे ।
चिनो , कुसुमे रुमाल जस्ता सफल सिनेमा दिएका अभिनेता भुवन तीन सन्तानका पीता पनि हुन् । धेरैले उनका छोरा अनमोल केसीलाई मात्रै याद गर्छन् । तर उनका फरक फरक श्रीमतीबाट बिवेक केसी , अनमोल केसी र काजोल केसी गरी तीन सन्तान रहेका छन् ।
दीलिप राइमाझी विशेष गरी नाचको पारखीका लागि आइडल नायक हुन् उनी खासमा कोरस नाच गर्दै सिनेमा क्षेत्रमा नायक भएका हुन् । कुनै समय उनको कपालको शैली र नाँचको शैलीलाई धेरैले पछ्याउने गर्दथे ।
दिलिपले मञ्जु राइमाझीसंग वैबाहिक सम्बन्ध गाँसेका छन् भने उनकी दिव्या नाम गरेकी एउटी छोरी पनि छन् । खास सिनेमा हेर्ने दर्शकको रुचि परिवर्तन भए संगै उनले आफूलाई परिमार्जन गर्दै लैजान नसक्नु नै पछिल्लो समयमा उनी असफल भएको मानिन्छ ।
दर्पणछायाँ , जीन्दगानी , बाटोमुनीको फूल २ जस्ता दर्जनौँ सिनेमामा काम गरेका दीलिप केही समय अघि परिवार सहित अमेरिका हानिएका छन् ।
प्रतिक्रिया