प्रियंका कार्की तीन वर्ष भित्र बिहे गर्ने तयारीमा

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १८:०३


काठमाडौं, असोज २ ।
नेपाली चलचित्रमा ‘हाइ पेइड’ नायिकाको रूपमा चिनिने प्रियंका कार्कीले आफ्नो बिहे बारेको रहश्य खोलेकी छिन् । उनले अबको तीन वर्षमा म विवाह तयारी गर्दै छु भनेका छन् ।

उनकाअनुसार जीवनमा कोही हुनु र नहुनुमा धेरै फरक पर्दोरहेछ । त्यसैले समयले साथ दिएमा करिब दुई–तीन वर्ष भित्रमा मेरो विवाह हुनेछ ।

आयुषमान देशराजसँगको प्रेममा रहेकी उनले आफ्नो जीवनमा आएको परिवर्तनबारे बोल्दै मेसिन जस्तो भईसकेकी आफु अहिले केही समय व्यवस्थापन गरेर रिलिफ हुने प्रयासमा रहेको बताईन् ।

सात वर्षको हुँदा नै उनले सन्तोष पन्तको ‘हिजोआजका कुरा’ मा बाल कलाकारको रूपमा काम गरेकी थिइन् । उनले हालसम्म करिब २४ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

 


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....