सिद्धार्थ मल्होत्रासँगको ब्रेकअपपछि एक्स ब्वाइफ्रेण्डसँग पार्टी गर्दै आलिया

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १९:५३


काठमाडौं, असोज २ ।
बलिउड नायक सिद्धार्थ मल्होत्रासँग ब्रेकअपपछि नायिका आलिया भट्ट अहिले आफ्नो समय सुटिङ्गमा व्यस्त भएकी छन् । आलिया र सिद्धार्थबीचको सम्बन्धमा चिसोपना आएपछि दुई जनाबीच ब्रेकअप भएको खबर मिडिया छाएको छ ।

सिद्धार्थ मल्होत्राको फिल्म ‘ए जेन्टलमैन’ का नायिका जैकलीन फर्नाडिजसँग नजिकिएका कारण ब्रेकअप भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । ब्रेकअपको हल्ला चलिरहेका बेला आलिया भट्टको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल नै भएको छ । उक्त भाइरल भएको फोटोमा आलियाका एक्स ब्वाइफ्रेण्ड अली दादरकरसँग पार्टी गरिरहेको देखिन्छ ।

आलियालाई उनकी एक्स ब्वाइफ्रेण्ड अली दादरकर र बेस्ट फ्रेण्ड अनुष्का रञ्जनसँग पार्टी गर्दै गरेको फोटो खिचिएको छ । अली दादरकर आलिका भट्टकी बच्चादेखिको साथी हुन् । उनीहरू दुई जनाले धेरै समयसम्म डेटिङ्ग गरेका थिए । तर, आलिकाले ‘Student Of The Year’ फिल्मबाट आफ्नो फिल्मी करियर बनाएपछि उनीहरू दुईको ब्रेकअप भएको थियो । त्यसैबीच, आलियाको नाम सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो ।

आलिया भट्ट अहिले कश्मीरमा छ, उनी आफ्ना साथीहरूसँग रमाउँदै समय बिताइरहेका छन् । आलियाले आइतबार बिहान अनुष्का रञ्जनसँग कश्मीरी कावा खाँदै गरेको एउटा फोटो शेयर गरेका थिए ।

आलिया अहिले मेघना गुलजारद्वारा निर्मित फिल्म ‘राजी’ की सुटिङ्गमा व्यस्त छिन् । उक्त फिल्ममा आलियासँग विक्की कौशलको अभिनय रहने छ । फिल्म सके पश्चात आलिया रणवीर सिंहसँग जोया अख्तरद्वारा निर्मित ‘गली बाँय’ र रणबीर कपुरसँग आयान मुखर्जीको फिल्म ‘ड्रैगन’ को सुटिङ्गमा व्यस्त हुने छिन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....