अहिलेसम्मकै बढी लगानीमा नेपालभाषाको नयाँ चलचित्र ‘आः छु याये ?’ निर्माण हुँदै

ललितपुर, असोज ३ ।
नेपालभाषाको नयाँ चलचित्र ‘आः छु याये ?’ (अब के गर्ने ?) निर्माण हुने भएको छ । आज ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएका हुन् ।
निर्माण हुन लागेको उक्त चलचित्रका निर्देशक समिर बलामीकाअनुसार चलचित्र निर्माणका लागि करिब रु. ४० लाखदेखि ५० लाख रुपैयाँसम्म पर्ने बताउँदै नेपाली चलचित्र क्षेत्रमा यो नै अहिलेसम्मकै बढी लगानी हुने बताएका छन् ।
चलचित्रका लागि नेपालभाषा क्षेत्रमा आबद्ध व्यक्तिसहित गैर नेवारहरूलाई पनि विशेष स्थान दिइने जनाएको छ । चलचित्रको छायाँकन काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित पोखरा, मनाङ्ग, मुस्ताङ्गलगायत क्षेत्रमा हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर ‘असंबरे’, निर्मल बज्राचार्य र कलाकार पूर्णिमा शाक्यलगायत कलाकारहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया