नेपालमा सन्नी लियोनीको अवैध धन्दा, प्रहरीद्वारा अनुसन्धान (भिडियाेसहित)

काठमाडौं, असोज ४ ।
चर्चित अमेरिकी पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आएर काठमाडौंमा अवैध धन्दा चलाइरहेको खुलासा भएको छ । उनले नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाइरहेको भेटिएको हो ।
स्रोतका अनुसार सन्नीले काठमाडौंको पाँचतारे र्याडिसन होटलमा ‘जितविन’ नामक अनलाइनमार्फत जुवा खेलाइरहेकी छन् । यसरी भारतबाट आएर अनुमति बिना अवैध रूपमा जुवाको धन्दा चलाइरहँदा नेपाली प्रशासनलाई भने कुनै खबर छैन । सञ्चारमाध्यमबाट जानकारी पाएपछि प्रहरीले अब अनुसन्धान थालेको छ ।
प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले सन्नी लियोनी नेपाल आएर प्रतिबन्धित जुवा खेलाइ रहेको बारे सञ्चारमाध्यमबाटै सुन्नमा आएको र आधिकारीक जानकारी नभएको बताएका छन् । सो विषयमा अनुसन्धान थालिएको र खेलाएको भेटिए कारबाही गरिने स्पष्ट पारे ।
https://www.youtube.com/watch?time_continue=59&v=i13omAy2ZtQ
प्रतिक्रिया