धुर्मुस सुन्तली फाउन्डेसनले फेरि अर्काे दलित बस्ती निर्माण गर्न जुटे

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार १६:२४


चितवन, असोज ४ ।
हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले फेरि अर्को बस्ती निर्माणको थालनी गरेका छन् । उनले रौतहटको सन्तपुरमा एकीकृत वस्ती निर्माण लागेका हुन ।

आज बिहान सन्तपुरमा एक कार्यक्रमको आयोजना गरि सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको थालनी गरेका छन् ।

५ करोड ७५ लाख लागतमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागेको धुर्मुसले बताए । उनले आउँदो माघसम्म बस्ती निर्माण सकाउने योजना सहित बस्ती सुरु गरेको बताए ।

भूकम्पपछि सामाजिक काममा सक्रिय सिताराम र कुञ्जनाले यस अघि पनि केही बस्ती निर्माण गरेर सम्बन्धीत समुदायलाई हस्तान्तरण गरिसकेका छन् ।

 


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....