रणबीर र माहिराबीच गोप्य प्रेम सम्बन्ध

काठमाडौं, असोज ६ ।
बलिउड नायक रणबीर कपुरको लभ लाइफले सधैँ मिडियामा चर्चा हुने गरेको छ । दीपिका पादुकोण र कटरिना कैफसँगको प्रेम सम्बन्ध होस् वा ब्रेकअप पछिको लाइफ जहिले पनि चर्चामा आउने गरेका छन् । अहिले रणबीर नयाँ सम्बन्धमा बाँडिएका छन् । उनको जीवनमा एक पाकिस्तानी नायिकाले एन्ट्रीसमेत गरिसकेका छन् ।
रणबीर कपुर र पाकिस्तानी नायिका माहिरा खान प्रेममा परेका हुन् । माहिरा खान केही समय अघि मात्र शाहरुख खान स्टार फिल्म ‘रईस’बाट बलिउडमा प्रवेश गरेकी पाकिस्तानी नायिका हुन् । माहिरा एक बच्चाको आमा छिन् भने उनको सम्बन्ध विच्छेदसमेत भइसकेको छ ।
रणबीरले माहिरासँगको प्रेम सम्बन्धलाई नकार्दै आए तापनि समय–समयमा उनीहरूबीचको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । भाइरल भइरहेको तस्वीरमा दुबै जना न्यूयोर्कमा रहेको एक होटल बाहिर आरामले बस्दै चुरोट तान्दै गरेको भेटिएको छ ।
भाइरल भइरहेको तस्वीर २०१७ साल जुलाई तिर खिचिएको बताइएको छ । जब रणबीर सञ्जय दत्तको बायोपिकमा बन्दै गरेको फिल्म सुटिङ्गका लागि न्यूयोर्क पुगेका थिए त्यतिबेला खिचिएको जनाइरहेको छ ।
माहिरा खान सेतो पहिरनमा देखिएको छ । ब्याकलेस ड्रेस लगाएकी माहिरा एकदमै सुन्दर देखिएकी छन् भने उनको पीठमा एक निशान देखिएको छ, जुन निशान लभ बाइट जस्तो देखिएको छ ।
यति मात्र होइन माहिरासँग भेट्न रणबीर दुबई पनि गएको थियो । माहिरा बसेको होटलमै गएर रणबीरले भेट्न पुगेका थिए ।
प्रतिक्रिया