४ वर्ष जेलमा बिताएका बलिउड कलाकार सञ्जय दत्त चलचित्रमा फर्किए

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार १५:१०


एजेन्सी, असोज ६ ।
भारतीय चलचित्र उद्योग बलिउडका चर्चित कलाकार सञ्जय दत्त चार वर्ष जेल जिवन बिताएपछि पुनः चलचित्रमा फर्किएका छन् । चार वर्षको जेल जिवनपछि उनले पहिलो पटक भुमी नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराएको थियो ।

उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरेका छन् भने शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ । चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरूलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उनी सो चलचित्रमा भूमिका निर्वाह गरेका छन् ।

उनी सन् २०१६ मा जेलमुक्त भएका थिए । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उनी चार वर्ष जेल बस्नुपरेको थियो ।

अन्ठाउन्न वर्षीय दत्त पुनः चलचित्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरूका साथै शुक्रबारका सामाजिक सञ्जालहरूमा पनि राखिएको बताइएको छ । ओमुङ् कुमारले निर्देशन गरेको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरूमा जनाइएको छ ।

सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरूले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् । उनले यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दै हुनुहुन्छ । ती चलचित्रको छायाङ्कनका लागि उनी केही महिनादेखि नै निकै ब्यस्त रहदै आएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....