बुद्ध लामा बने पहिलो नेपाल आइडल

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार ०६:४४


काठमाडौं, असोज ७ ।
नेपालको पहिलो एचडी च्यानल एचपी वानबाट प्रशारण भइरहेको चर्चित ट्यालेन्ट शो नेपाल आइडलको फाइनलमा पोखराका २० वर्षीय बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका छन् ।

कतारमा नेपाली समयअनुसार आज बिहान विशेष कार्यक्रमका बीच बुद्ध लामालाई नेपाल आइडल घोषणा गरिएको हो । यसैगरी, फस्ट रनर अप निशान भट्टराई बनेका छन् भने प्रताप दास तेश्रो भएका छन् ।

बुद्ध लामाले नेपाल आइडलको अडिसनमा ‘आँखाको निद खोसिलाने’ गाएर निर्णायकलाई प्रभावित पार्न सफल बनेका थिए । अडिसनदेखि नै उनले दर्शक तथा निर्णायकको मन जितेका थिए । नेपाल आइडलमा बुद्धले दिएका प्रस्तुतिहरूमा ‘उ जितेर गई वा हारेर गई’ को प्रस्तुति धेरै नै मन पराइएको थियो ।

एसएमएस र नेपाल आइडलको एप्समार्फत गरिएको भोटिङमा सबैभन्दा धेरै भोट पाएर उनी आइडल बन्न सफल भएका थिए । उनले चार करोेड ४८ लाख ४५ हजार दुई सय ६३ भोट प्राप्त गरेका थिए ।

दोश्रो हुने निशान भट्टराईले तीन करोड ५० लाख ८६ हजार दुई सय २३ भोट पाए भने एक करोड ३२ लाख ५२ हजार आठ सय ४९ भोट प्राप्त गर्दै प्रताप दास तेश्रो भएका थिए ।

कार्यक्रममा जजहरू न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्काेता, इन्दिरा जाेशी, हाँश्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अाचार्यलगायत व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....