‘छक्का पञ्जा २’लाई मल्टिप्लेक्समा सर्वाधिक शो

काठमाडौं, असोज १० ।
दिपा श्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गते प्रदर्शनको तयारीमा छ । फिल्म रिलिज हुन अझै एक दिन बाँकी हुँदा फिल्मले अहिलेसम्म मल्टिप्लेक्समा २६ वटा शो पाएको छ ।
२०७३ को सर्वाधिक हिट फिल्म ‘छक्का पञ्जा’को सिक्वेलको फिल्म भएका कारण यो फिल्म वर्षकै प्रतिक्षित फिल्म हो । यो फिल्मले क्युएफएक्समा नेपाली फिल्महरुमध्ये अहिलेसम्म सर्वाधिक शो पाएको छ ।
आइतबारबाट लविम मल, सिभिल मल, कुमारी र जय नेपालमा ‘छक्का पन्जा २’ को बुकिङ खुल्ला गरिएको छ । बुकिङ खुल्ला गरिएको २४ घण्टा नवित्दै आक्रामक बुकिङले यस फिल्मको क्रेज बढाएको छ ।
फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया