अनुष्का र बिराटको प्रेमबिच आलिया

एजेन्सी, असोज १५ ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै माझ लुक्न सकेको छैन ।
यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् । लामो समयदेखि प्रेममा रहेका बिराट र अनुष्का चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ ।
तर यति बेला बलिउड गसिफ बजार यी दुईको विवाह भन्दा दुईको प्रेमबिच अर्की अभिनेत्री आलिया भट्टको इन्ट्रीले तातेको छ । भारतीय मिडिा अनुसार आलिया र बिराट यति बेला एकअर्कासँग नजिक छन् ।
गतवर्ष ग्रेटर नोयडामा भएको अटो एक्पोमा सँगै नाचेका उनीहरूको मित्रता त्यहीबाट सुरु भएको थियो । आलियाको प्रशंसा गर्न विराट पनि सधै अगाडी नै हुन्छन् । विराटले अनुष्काको अगाडी नै आलियाको खुलेर प्रशंसा गरेका थिए ।
हालै आलियाको बलिउड सिद्दार्थसँग ब्रेकअप भएको छ । सिद्दार्थसँग ब्रेकअप र विराटसँगको प्रगाढ मित्रताको कारण अनुष्का भने तनावमा छिन् । भारतीय मिडिया अनुसार उनीहरूको मित्रतामा भने अनुष्कालाई जलन हुन थालेको जनाएको छ ।
प्रतिक्रिया