छक्कापञ्जा २ को दिनहुँ करोडौको व्यापार

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार ११:२६


काठमाडौं, असोज १८ ।

फिल्म ‘छक्कापञ्जा २’ ले अघिल्लो फिल्मजस्तै व्यापारमा आफूलाई अब्बल साबित गरेको छ । १६ करोड कुल कारोबार गरेको बताइएको फिल्मको नयाँ संस्करण दशैँको मौका पारेर बुधबार रिलिज भएको थियो ।

नामको पछाडि २ भए पनि यो छक्कापञ्जाको सिक्वेल भने होइन । निर्देशक र फिल्मका मुख्य कलाकार दोहोरिए पनि सामीप्यराज तिमल्सिना र विकासराज आचार्य लिखित कथासँग छक्कापञ्जाको कुनै तालमेल छैन ।

देशभरका कुल ११० पर्दामा रिलिज फिल्म थुप्रै हलमा हाउसफुल भइरहेका छन् । यसले छक्कापञ्जाको बराबरीमा उभ्याउने संकेत दिएको छ ।

वितरकका अनुसार यसले रिलिज भएको दिनदेखि दिनहुँ एक करोडको व्यापार गरिरहेको छ । ‘छक्कापञ्जाले बीस दिनमा गरेको व्यापार छक्कापञ्जा २ ले चार दिनमै पुरा गरेको छ,’ वितरक गोपालकाजी कायस्थले बताएका छन् ।

 


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....