बिहेको तयारीमा बाहुबली जोडी

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार ०६:४१


एजेन्सी, असोज १९ ।
बाहुबली–२ को लिड जोडी प्रभास र अनुष्का शेट्टीले बिहे गर्ने तयारी गरेका छन् । उनीहरूको बिहेको मिति छिटै तोकिने बताइएको छ ।
फिल्ममा यी दुईको केमेस्ट्री देखेर धेरै चकित भएका थिए । त्यतिबेला नै यी दुईबीच प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो ।

रिपोर्टका अनुसार बाहुबलीको सफलतापछि प्रभासलाई बिहेको लागि ६ हजार प्रस्ताव आएका थिए जसलाई उनले अस्वीकार गरे । अब प्रभास र अनुष्काको इन्गेजमेन्ट कहिले हुन्छ भन्ने विषय चर्चामा छ ।

यस विषयमा आधिकारिक जानकारी नआएपनि पारिवारिक स्रोतका अनुसार उनीहरूले यो वर्षको अन्तिमसम्म इन्गेजमेन्ट गर्ने सम्भावना छ । फिल्मको प्रोजेक्टमा व्यस्त भएका कारण यस विषयमा प्रभासले केही नबोलेको बताइएको छ । रिपोर्टका अनुसार प्रभासले छिट्टै आफ्नो र अनुष्काको सम्बन्धको विषयमा आधिकारिक रूपमा बताउने तयारी गरेका छन् ।

यसपछि यी दुईले डिसेम्बरमा इन्गेजमेन्ट गर्ने योजना छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....