रहदानीमा लिङ्ग पहिचान गलत लेखिदिएपछि गायिका भावना कतार एअरपोर्ट बाट फिर्ता

काठमाडौं, असोज २० ।
लमजुङ सेवा समाज कतार को आयोजना हुन लागेको सास्कृतिक कार्यक्रम का लागि नेपाल बाट कतार आईपुगेकी गायिका भावना आचार्य कतार को एअरपोर्ट बाटै नेपाल फर्कनु परेको छ ।
राहदानी बिभाग को गल्ती का कारण राहदानीमा महिला को ठाउँमा पुरुष लेखिएका कारण कतार एअरपोर्ट बाट नेपाल फर्कनु परेको हो ।
राहदानी राम्रो सङ चेकजाँच नगरेर अन्तराष्ट्रिय त्रिभुवन बिमान स्थल बाट प्रवेश दिए पनि कतार एअरपोर्ट मा भने प्रवेश गर्न बाट रोक लगाएको थियो ।
गायिका भावनाले राहदानी लिएको एक बर्ष भएपनि कहिले राम्ररी नहेर्नु आफ्नो पनि गल्ती भएको बताउँछिन् ।
प्रतिक्रिया