अभिनेत्री रेखा थापा कार दुर्घटनामा

काठमाडौं, असोज २६ ।
रुद्रप्रीया प्रदर्शनको नजिकिदै गर्दा नायिका रेखा थापा दुर्घटनामा परेकी छन् । बुधबार रुद्रप्रीया प्रोमोसनका क्रममा उनी टिभी फिल्मी मा अन्तरबार्ता दिएर अम्बे अपार्टमेन्ट फर्किदै गर्दा चाबाहिलमा उक्त दुर्घटना भएको हो ।
दिउँसो करिब १२ बजे आफुले चलाई रहेको कारलाई मालबाहक ट्रकले ठक्कर दिएका थियो । ट्रकले ठक्कर दिएपनी मानवीय क्षति भएन तर रेखाको कारमा भने केही क्षति पुगेकोले रेखा र ट्रक दुबै बिच गौशला प्रहरी वृत्तमा कार मर्मत गर्दिने सहमति भएको छ ।
रेखाको फिल्म रुद्रप्रीयाको चर्चाले अहिले ब्यपकता पाएको छ भने यता डिसहोममा रुद्रप्रीया रेलिज संगै देखाउने भएपछि नायिका र चलचित्र संघ बिच बिबाद पनि भैइरहेको छ ।
प्रतिक्रिया