टुङ्गियाे नायिका अरुणिमा लम्सालको वैवाहिक सम्बन्ध

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार ०६:५०


काठमाडौं, असोज २७ ।
पछिल्लो समय चलचित्र क्षेत्र बाट टाढा रहेकी नायिका अरुणिमा लम्साल अहिले अमेरिकामा रहँदै आएकी छिन् । यसैविच उनको वैवाहिक सम्बन्ध टुगिंएको खवर बाहिरिएको छ । अरूणिमाका निकट एक फिल्मकर्मीले अरुणिमाले पति अमित अर्यालसँग डिभोर्स गरेको बताएका छन् ।

अमेरिकाकाको मेरिल्याण्डमा बस्दै आएकी अरुणिमा विगत एक वर्षदेखि छुट्टै बस्दै आएकी थिईन् । अमेरिकाको मेरिल्याण्डको कानुन अनुशार डिभार्स गर्नका लागि पति वा पत्नी एक वर्षसम्म छुट्टै बस्नुपर्ने नियम छ । एक वर्षसम्म छुट्टै बसे मात्र कानुनि प्रक्रियामा गएर औपचारिक रूपमा डिभोर्स हुने त्यहाँको नियम छ । त्यसैले अरूणिमा पतिलाई छाडेर आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन् ।

स्रोतका अनुशार १२ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका अरुणिमा र अमित बीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । उनीहरूबीच केही महिनायता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरूबाट एक छोरी छन् । अमेरिका जानुअघि नै दुबैजनाले छुट्टिने मनसायसाथ गएको बताइन्छ । सोही योजना अनुसार उनीहरूले नेपालमै छँदा सम्पत्तिको भागबन्डा गरेका थिए ।

 


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....