रेखाको रुद्रप्रियालाई पीजि प्रमाणपत्र

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार १३:३७


काठमाडौं, असोज २९ ।
रेखा थापाको ‘रुद्र प्रिया’ले पीजि प्रमाणपत्र पाएको छ ।

लक्ष्मी पूजाको अवसर पारेर कार्तिक २ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमा हेरेपछि सेन्सरले पीजी प्रमाण पत्र दिएको हो ।

सिनेमामा समावेश भएका द्धन्द सिनका कारण १६ वर्ष मुनीका बालबालिकाले यस सिनेमालाई अभिभावकको साथमा हेर्नुपर्नेछ ।

रेखा थापा, आर्यन सिग्देल, राजन ईशान लगायतको मुख्य भूमिका रहेको ‘रुद्रप्रिया’ १ घण्टा ५५ मिनेट लामो छ । सिनेमालाई सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने रमेश एमके पौडेल र सरस्वती थापाले निर्माण ।

‘रुद्रप्रिया’ बहुप्रतिक्षित सिनेमा बनेको छ । किनकी रेखा थापा र अभिनेता आर्यन सिग्देलले आठ वर्षपछि यस सिनेमा मार्फत पर्दा बाँडेका छन् । आठ वर्ष अघि यी दुईले ‘किस्मत’ र ‘हिफाजत’मा स्क्रिन सेयर गरेका छन् ।

आर्यनले रेखाकै सिनेमा किस्मतबाट सिने नगरीमा ब्रेक लिएका हुन् । तर बीचमा एकअर्काको व्यक्तिगत असमझदारीका कारण बोलचाल नभएको रेखाले बताउँदै आएकी छिन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....