प्रजातन्त्र दिवसको अवसर पारेर टेलिकमले ल्यायो ‘फ्रिडम प्याक’

काठमाडौं, फागुन ६ ।
नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरूले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सकिने टेलिकमले जनाएको छ ।
जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
प्याक फागुन ६ गतेदेखि आगामी फाल्गुण ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि पनि प्याक खरिद गर्न सकिने जनाएको छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ ।
फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ ह्यास डायल गर्न वा एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।
प्रतिक्रिया