वायुकाे प्रभावले राजधानीमा असिनासहित वर्षा

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार १९:३८


काठमाडाैं, फागुन १८ ।
स्थानीय वायुको प्रभावका कारण राजधानीमा अाज साँझ असिनासहित वर्षा भएको छ । स्थानीय वायुको प्रभावले माैसममा बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

उनकाअनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भएको थियाे।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताए ।

सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी यामका रूपमा लिइन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज काठमाडौंको अधिकतम २५ दशमलव ८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेकाे छ ।

एकाएक भारी वर्षा भएपछि बटुवाहरू अलमलमा परेका छन् भने कैयाैं वर्षाले भिजेर नित्रुक्क भए । माेटरसाइकलमा सवार सबै जना बाइक साइड लगाएर ठाउँ–ठाउँमा अाेट लाग्न गएपछि ट्राफिक जामसमेत भए । जसका कारण एकछिन पूरै ट्राफिक जामसमेत भएका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....