मार्च ७ मा यामाहाले ‘स्कुटर डे’ मनाउँदै, साथै ग्राहकलाई सुविधा पनि

काठमाडौं, फागुन २२ ।
यामाहाले भोलि ७ मार्चलाई ‘स्कुटर डे’ अर्थात स्कुटर दिवसको रूपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो ।
‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन, आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौँ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने । ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो ।
यसैबीच, स्कुटर डेका अवसरमा देशभरी विभिन्न कार्यक्रमको आयोजनासमेत गर्ने भएको छ, जसमध्ये निःशुल्क स्कुटर वास एउटा पनि रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्कुटर डेमा राइडरहरूले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्राण्डको स्कुटर पनि निःशुल्क वास गर्न सक्ने जनाएको ।
‘हामीलाई आशा छ राइडरहरूले अभूतपूर्व अनुभव गर्नुहुनेछ । यामाहाको सर्भिस सेन्टरमा सबै ब्राण्डको स्कुटरको वास, त्यो पनि निःशुल्क,’ यामाहाका सर्भिस हेड शरद मिश्रले बताए । उनले सबै स्कुटर राइडरहरूलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ शेयर गरेर ‘स्कुटर डे’ मनाउन अपिल समेत गरेका छन् ।
त्यसैगरी, कम्पनीले ‘स्कुटर डे’कै दिन पारेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने भएको छ । ‘हाम्रो यो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौँ,’ पोखरेलले भने । त्यस्तै, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरेको छ ।
‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
भर्खरै नेपाली बजारमा उपलब्ध स्कुटरबारे गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको कम्पनीले जनाएको छ । ‘राइडिङमा स्टाइल र कम्फोर्ट महत्वपूर्ण कुरा हुन् र राइडरले यसैका लागि यामाहाका स्कुटरलाई मन पराउनु हाम्रो लागि ठूलो उपलब्धी हो,’ यामाहाका चिफ म्यानेजर प्रकाश देवकोटाले भने, ‘राइडरहरूको यो विश्वासलाई कायम गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’
प्रतिक्रिया