कर्णालीमा तिब्रगतिको इन्टरनेट सेवा विस्तार

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार १०:५६


जुम्ला, फागुन २३ ।
जुम्लाका ८ वटा स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । सिम्पल लिंक जुम्लाले कर्णालीमा तिब्रगतिको इन्टरनेट सेवा विस्तार गरेको हो ।

पहिलो चरणमा जुम्लाका तिला, हिमा र सिंजा गाउँपालिमा सेवा सुरु भइसकेको सिम्पल लिकं जुम्लाका सञ्चालक प्रतिमा शाहीले जानकारी दिए । आउँदो आईतबारसम्म अन्य ५ वटै स्थानीय तहमा सेवा सुरु गर्ने तयारी भइरहेको उनको भनाई छ ।

३ वटा गाउँपालिकामा ५ सय १२ केबि पिएसको इन्टरनेट सेवा सुरु गरिएको शाहीको भनाइ छ । १ करोड रुपैयाँको लागतमा दैलेख, कालिकोट र जुम्लाका विभिन्न ठाउँमा इन्टरनेट सेवा दिनको लागि टावर निर्माण भएको उनले बताए ।

वईव सरोवर कम्युनिकेशन प्रा.लि काठमाडौंको प्राविधिक सहयोग तथा सिम्पल इन्टीलीजेन्ट सिस्टम एण्ड टेक्नोलोजि प्रा.लि जुम्लाको १ करोड लगानीमा सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तार गरेको हो ।

दैलेखको रानीमता टावर हुँदै कालिकोटको भत्र्ता टावरबाट जुम्लाको बाँसथाप्ला टावरमा जडान गरिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....