अाज पृथ्वीकाे ध्रुवी बाहेक सबैतिर दिन र रात तटस्थ

काठमाडाैं, चैत्र ६ ।
अाज पृथ्वीकाे ध्रुवी क्षेत्रबाहेक अन्य सबै ठाउँमा दिन र रात तटस्थ अर्थात बराबर हुने भएकाे छ । सूर्य भू–मध्य रेखाकाे ठीक माथी पर्ने भएकाले अाज दिन र रातकाे समय बराबर हुने भएकाे हाे ।
ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ पनि भनिने ज्योतिषी डा. सुनिल सिटौलाले जानकारी दिए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चार वटा भौगोलिक दिनमध्ये एक “मेष विषुवत्’ दिन हो ।
भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन सुरु हुन्छ ।
सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरूमा मेष विषुवत्, दक्षिणयन आरम्भ, तुला विषुवत् र उत्तरायण आरम्भ हुने दिनहरू पर्दछन् । जसलाई आधार मानेर राशि चक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।
प्रतिक्रिया