मानिसको जस्तै व्यवहार गर्ने नागरिकता पाएकी रोबोट सोफियालाई नेपाल ल्याइँदै

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलवार १४:३७


काठमाडौं, चैत्र ६ ।
विश्वमै पहिलोपटक नागरिकता पाएकी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।

हङकङको हृयान्सन रोबटिक्सले बनाएको यो रोबोट सन् २०१५ मा एक्टिभ गरिए पनि यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।

मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । जसका कारण सबैको आकर्षण बनेको छ रोबोट सोफिया छ ।
महिला रोबोट मानिएको यो रोबोट सोफियाले बच्चा जन्माउने समेत चाहना राखेको बताइन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....