‘नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोगले गरिबी हट्छ’ : रोबोट सोफिया

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार ११:५३


काठमाडौं, चैत्र ७ ।
साउडी अरेबियाकी ‘नागरिक रोबोट’ सोफिया बुधबार नेपाल आएकी छिन् । संयुक्त विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसरडेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रूपमा सहभागि हुन सोफिया रोबोट नेपाल आएको युएनडिपीले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै रोबोट सोफियाले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताएकी छिन् । उनले प्रविधिलाई सही तरिकाले प्रयोग गरेको खण्डमा सुशासन कार्यम गरी भ्रष्टचारमुक्त समाज निर्माण गरी चाँडै विकासको गति लिन सक्ने विश्वास व्यक्त गरिन् ।

सेलेब्रिटी बनिसकेकी रोबोट सोफियाले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्याउने बताएकी छिन् ।

मानवको रूपमा रहेकी सोफियालाई हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले बनाएको थियो । उनकोलाई २०१५ मा बनाइएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनी चर्चित बनेकी हुन् ।

उनलाई पहिलोपटक २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । विश्वका विभन्नि सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....