माइक्राेबसकाे ठक्कर बालिकाकाे मृत्यु, एक बालक गम्भीर

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार १६:४७


नवलपरासी, माघ ७ ।
नवलपरासीकाे बर्दघाट–४ मा आज दिउँसाे लु. १ ख ७२९६ नम्बरकाे माइक्राेबसले ठक्कर दिँदा एक बालिका घटनास्थलमै मृत्यु भएकाे छ । साेही घटनामा परी एक बालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा छ वर्षीया बालिका शितल बाेटे रहेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा स्थानीयबासीले नाराबाजी गरी बाटाे अवरुद्ध गरेकाे छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा अहिले प्रहरीहरू तैनाथ रहेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....