एघार वर्षीया बालिकाकाे शव नग्न अवस्थामा फेला

माेरङ्ग, माघ १३ ।
बलात्कार र महिला हिंसाकाे विरुद्ध आवाज उठिरहँदा आज पुन मोरङको विराटनगर महानगरपालिका–८ स्थित सिघिंयाखोलामा एक बालिकाको शव नग्न अवस्थामा फेला पारिएकाे छ । खोलानजिकै बस्तीबाट गएराति हराएकी अन्दाजी ११ वर्षीया रूपमती दासको शव आज दिउँसो नग्न अवस्थामा फेला पारिएकाे प्रहरीले जनाएकाे छ । शनिबार साँझ अभिभावक टिभी हेर्न छिमेकमा गएका बेला रूपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासकाअनुसार टिभी हेरेर घर फर्किँदा छोरी घरमा देखिनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।
आज बिहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केहीबेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा बालिकाकाे शव भेटिएको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया