घुस लिएकाे अभियाेगमा अख्तियारकै कर्मचारी अख्तियारबाटै पक्राउ

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार ०८:३६


काठमाडाैं, माघ १५ ।
अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयभित्रकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । आयोग कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले मुद्दा मिलाई दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धानले नै पक्राउ गरेको हो ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट आइतबार पक्राउ गरिएको हो । अधिकारीमाथि आयोगले अनुसन्धान गरी कारबाही अगाडि बढाउने जनाएको छ ।

अधिकारीमाथि अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेकाे अभियोग लागेको छ । आयोगले सहायक निरीक्षक अधिकारीलाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....