मध्यपुर ठिमीमा श्रीमतीलाई बलात्कार गरेकाे अभियाेगमा श्रीमान् पक्राउ

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार २०:५१


भक्तपुर, माघ १५ ।
गएकाे केही समयदेखि बलात्कारका घटनामा विस्तारै कमी आउँदै गर्दा मुख्य राजधानीकाे रूपमा रहेकाे मध्यपुर ठिमीमा आफ्नै श्रीमतीमाथि उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर ठिमीबाट एक श्रीमान् पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीया श्रीमतीले जबर्जस्ती बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि मध्यपुर ठिमी नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।

यहीँ माघ ४ गते आफ्नै श्रीमानले जबर्जस्ती अाफ्नाे बलात्कार गरेको भन्दै श्रीमतीले यही माघ ६ गते जोहेरी दिएपछि सोही दिन थापाथलीस्थित प्रसुति गृहमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उनले जानकारी दिएका छन् । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको प्रनाउ केसीले जानकारी दिए ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको योसहित दोश्राे घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिए । उनकाअनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भाद्रदेखि २०७४ साल चैत्र २ गतेसम्म पतिले पटक–पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

आफ्ना पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म उनी अहिलेसम्म फरार नै रहेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....