रूपा थापा हत्यामा संलग्न तीन पक्राउ

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार ०९:५४


चितवन, माघ १६ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रूपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । प्रहरीले पक्राउ परेका तीनै जनाकाे नाम गोप्य राखेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....