नेकपा नेता प्रकाण्डका सुपुत्र गोलीसहित पक्राउ

काठमाडौं, माघ १८ ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका सुपुत्र नरेन्द्र विश्वकर्मा गोलीसहित पक्राउ परेका छन् ।
विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यति एयरलाइन्सको जहाजबाट बिहीबार साँझ ५ बजेर ५५ मिनेटको फ्लाईटबाट काठमाडौं आउने तयारीमा रहेका थिए । विमानस्थलमा हुने चेकजाँचका क्रममा उनीसँग गोली भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेका हुन् ।
२७ वर्षीय विश्वकर्माको साथबाट नाईन एमएम पेस्तोलमा लोड गर्ने तीन वटा गोली फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई मुद्दा चलाउने तयारीमा रहेको जनाएको छ ।
प्रतिक्रिया