ने क पा कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

धनुषा, माघ २२ ।
अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेविसंघले देशव्यापी रूपमा प्रदर्शन गरिरहेका छन् । साेही प्रदर्शनपश्चात् घर फर्किँदै गर्दा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट धनुषाका कांग्रेस कार्यकर्ता घाइते भएका हुन् । धनुषाको सबैला नगरपालिका–१०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागिता जनाएर घर फर्किँदै गरेका कापरमाथि करिब ८/१० जनाको समूहमा आएका सोही स्थानका शिवकुमार कापर, विजय पञ्जियार, चन्दन पञ्जियारसहितका व्यक्तिहरूले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ ।
कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरू ने क पाका कार्यकर्ता रहेकाे जनाएकाे छ । कापरको अवस्था अहिले गम्भीर रहेको छ ।
प्रतिक्रिया