काठमाडाैंमै मापसे गरेर ट्याक्सीमाथि तोडफोड, एक पक्राउ

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार १४:१२


काठमाडाैं, माघ २३ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब दिउँसाे पनि मापसे चेकजाँच गर्ने कुरा भन्दै गर्दा काठमाडाैंमै आज एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ट्याक्सीमाथि तोडफोड गरेका छन् । साे घटनामा संलग्न रहेका एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-४ सीतापाईला चोकबाट बा. २ ज ६९१ र बा.२ ज ६६३ नम्बरको दुई वटा ट्याक्सीथि तोडफोड गरेको अभियोगमा साेही नगरपालिका रामकोट बस्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय दिनेश विक रहेकाे जनाएकाे छ । उनले मादक पदार्थ सेवन गरी ट्याक्सी तोडफोडपछि भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूको एक टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी अनुसन्धानका लागि राखिएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....