बाह्र वर्षीया छाेरी बाबुद्वारा बलात्कृत

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार १०:४६


अर्घाखाँची, माघ २४ ।
शीतगंगा नगरपालिकाको वडा नम्बर–६ मा एक १२ वर्षीया छाेरी आफ्नै बाबुबाट बलात्कृत हुन पुगेकी छन् ।

श्रीमती घरमा नभएको समयमा डर, त्रास देखाएर छोरी बलात्कार गरेको आरोपमा निजकै श्रीमतीको जाहेरीकाे आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बाबुलाई पक्राउ गरेको छ ।

बालिकाकी आमाले दिएको जाहेरीमा आफू आफन्तको घरमा गएको समय पारेर श्रीमानले १२ वर्षीया छोरीलाई राति बलात्कार गरेको आरोप लगाइएको छ । आफ्नै श्रीमान भए पनि कानूनबमोजिम कारबाही गरी पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना सार्वजनिक भएकाे हो ।

आरोपीको नाम, थर, वतन भने गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....