बजेटमा खेलकुद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन सकिएन : मन्त्री विश्वकर्मा

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार १५:५५


चितवन, जेठ २५ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकुद क्षेत्रलाई पर्याप्त मात्रामा रकम छुट्याउन नसकिएको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग संक्षिप्त रूपमा कुराकानी गर्दै मन्त्री विश्वकर्माले मन्त्रालयले रु. १५ अर्ब बजेट माग गरेको भए पनि रु. तीन अर्ब ९९ करोड पाएको बताए । स्रोत साधनको सीमाका कारण खेलकुद क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्दै उनले खेलकुद क्षेत्रले अपेक्षा गरेअनुसारको बजेट विनियोजन नभएको जानकारी गराए । खेलकुद क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले बजेट कम रहे पनि खेल क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्ने कुरा यथार्थ नभएको बताए । उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनाबद्ध ढङ्गले अघि बढेको उल्लेख समेत गरे । उनले भने, “खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन, यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको काममा लागेको छ ।”

खेलकुद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्न सरकार लागि परेको बताए । सबै पक्ष एकताबद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएको भन्दै आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको बताए ।


प्रतिक्रिया


ताजा खबर

More

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको.....