छठकाे अवसरमा प्रदेश सरकारद्वारा आइतबार सार्वजनिक बिदा

काठमाडाैं, कार्तिक १५ ।
नजिकिँदै गरेकाे छठलाई मध्यनजर गर्दै प्रदेश–२ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । प्रदेश–२ सरकारले छठ पर्वको अवसरमा कार्तिक १७ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हो ।
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व धूमधामसँग मनाइँदैछ ।
प्रतिक्रिया