ठगीकाे आराेपमा अभिनेत्री सारा पक्राउ

काठमाडाैं, माघ १३ ।
मराठी चलचित्रका अभिनेत्री सारा श्रवणले आफ्नो अभिनयका कारण अलग पहिचान बनाउन सफल भएकी छन् । मराठी फिल्म जगतका यी कलाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
सारालाई प्रहरीको अनुसन्धान ब्यूरोले ठगीको आरोपमा पक्राउ गरेको हाे । उनीमाथि १५ लाख भारु ठगी गरेको आरोप लागेको छ ।
समाचार एजेन्सी पीटीआईकाअनुसार सारा यो केशमा पक्राउ पर्ने चौथाे आरोपीसमेत हुन् । उनले मेकर सुभाष यादवसँग एक फिल्ममा काम गरेकी थिइन् । पछि फिल्म रिलिज भएपछि उनले सुभाष यादवले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् ।
प्रहरी अधिकारीकाअनुसार यो मुद्दा मिलाउन भन्दै ती कलाकारले सुभाष यादवसँग १५ लाख रुपैयाँ मागेकी थिइन् । यो पूरै घटनालाई सुभाष यादवले भिडियो रेकर्ड गरेर प्रहरीलाई बुझाएका थिए ।
आरोपी यादवसँग १५ लाख रुपैयाँ माग्दै गरेको भिडियो प्रमाणका आधारमा प्रहरीले अभिनेत्री श्रवणलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया