गायिका आस्था राउत चार हजार धराैटीमा रिहा

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १६:१७


काठमाडाैं, माघ १४ ।
सुरक्षा जाँचमा रहेकी प्रहरीमाथि अभद्र व्यवहारको कसुर गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत चार हजार धरौटीमा रिहा भएकी हुन् ।

सोमबार आफैँ प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतविरुद्ध अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन म्याद थप गरेको थियो ।

प्रशासनले चार दिन थुनामा राख्ने अनुमति दिए पनि प्रहरीले भने आज नै राउतविरुद्धको अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राउतविरुद्ध अभियो पत्र मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले आज नै राउतको बयान लिएर थुनछेक आदेश जारी गर्दै चार हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न भनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था सोमबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते आइतबार आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब दुई हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था सोमबार ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया सुरु गरेको थियो । यद्यपि राउत परिवारले उजुरीकर्ता महिला प्रहरीसँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास गरेको भए पनि प्रहरी जवान श्रेष्ठले मुद्दा फिर्ता लिन अस्वीकार गरेकी थिइन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....