हाँश्य कलाकार तक्मेबुढा जन्मदिनकै दिन बने बुबा

काठमाडौं, माघ १५ ।
नेपाली चलचित्रका हाँश्य कलाकार तक्मेबुढा अर्थात विल्सन राई बुबा बनेका छन् ।
गत वर्ष बिहे गरेका राईकी श्रीमती सरिता लामाले पहिलो सन्तानका रूपमा आज बिहान छोरालाई जन्म दिएकी थिइन् ।
सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको आज ३४ औँ जन्मदिन पनि रहेको छ । अर्को वर्षदेखि राईले आफ्नो र छोराको जन्मदिन एकै दिन मनाउने भएका छन् ।
तक्मेबुढा बाबु बनेपछि उनका प्रशंसकहरूले बढाई दिने क्रम पनि जारी रहेको छ ।
प्रतिक्रिया