चर्चित नायिका श्वेता खड्काकाे आज जन्मदिन

काठमाडाैं, माघ २२ ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्काको आज जन्म दिन परेको छ । आज माघ महिनाको बुधबार उनको जन्म दिन परेको हो । फेब्रुअरी ५, १९८९ मा पनौती गाउँमा जन्मिएकी उनी एक सफल नायिकाको रूपमा स्थापित भएकी छन् ।
उनले आफ्नो अभिनयको सुरुवात सन् २०१० मा नेपाली चलचित्र “कहाँ भेटिएला”बाट पाइला टेकेकी उनी पछिल्लो समय चलचित्रका साथसाथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकी छन् । दर्जनौँभन्दा धेरै चलचित्रमा अभिनय गरेका श्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले विवाह गरेका थिए ।
विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भएपछि उनी अहिले एक्लाे जीवन बिताइरहेकी छन् । श्वेता ‘श्री फाउण्डेशन’मार्फत् माझी बस्ती निर्माण गरिहेकी श्वेता सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकी छन् । केही समय पहिले उनले फिल्म कान्छी निर्माण गरेकी थिइन् फिल्म सफल पनि भएको थियो ।
यसैबीच, एक अन्तर्वार्तामा श्वेताले श्रीले संसार छाडेर गएका दिन आफू पनि जलेर मरिसकेको र अहिले आफू अर्को श्वेता भएर जन्मिएको बताएकी छन् । श्वेता खड्काले कलंकीमा अवस्थित मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौथो शाखा शुभारम्भ गरेकी छन् । र, उनी पछिल्लो समय चलचित्र कान्छिमा अभिनय गरेकी थिइन्, उक्त चलचित्रलाई धेरै दर्शकहरूले असाध्यै मन पनि पराएका छन् ।
प्रतिक्रिया