नेपालकी चर्चित सेलिब्रिटी एवं टेलिभिजन प्रस्तोता रिमा विश्वकर्माका केही तस्वीरहरू

काठमाडौं, माघ २२ ।
नेपाली चलचित्र जगतकी चर्चित सेलिब्रिटी एवम् मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् रिमा विश्वकर्मा । उनी नेपाल आइडलपछि थप चर्चामा आएकी छन् । उनको जन्म सन् १९८९ अगष्ट ५ तारिखमा बर्दियामा भएको थियो ।
उनले स्नातकसम्मको अध्ययन गरेकी छन् । उनले नवरत्न माविबाट एसएलसी दिएकी थिइन् । उनले त्यसपछिको अध्ययन पिनाकल एकेडेमीमा गरेकी हुन् ।
विगत लामो समयदेखि काठमाडौंमा बस्दै आएकी उनले मोडलिङ्गलगायत अन्य विधामा आफूलाई व्यस्त राख्दै आएकी छन् । उनको पहिलो चलचित्र ‘स्वर’ हो । जुन चलचित्र सन् २०११ मा रिलिज भएको हो ।
उनले जाँदाजाँदै कार्यक्रमबाट भिजे भएर काम गरेकी थिइन् । उनलाई मनपर्ने अभिनेत्री केकी अधिकारी हुन् भने मनपर्ने अभिनेता आर्यन सिग्देल हुन् । उनको केही वर्ष अगाडि मात्र डिभोर्स भएको थियो ।
उनको सन् २०१५ मा रोबर्ट विश्वकर्मासँग विवाह भएको थियो । तर, दुई वर्षभित्रै नै उनीहरूबीच आपसी समझदारीको दूरी बढेको थियो । अन्ततः उनीहरूले डिभोर्स गरेका थिए ।
प्रतिक्रिया