हलिउड फिल्म इतिहासका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार १४:५१


काठमाडौं, माघ २३ ।
हलिउड इतिहासमा फिल्म निर्माण क्षेत्रमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरू असाथ्यै मनपराइएको थियो । उनी अभिनयका साथसाथै फिल्म निर्माता र निर्देशकको सशक्त भूमिकामा पनि रहेका थिए । करिब छ दशकको कलायात्रामा उनले करिब एक सय वटा चलचित्र निर्माण गरेका थिए ।

उनका छोरा एवम् ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्नो पिताको निधन बेभर्ले हिल्समा बुधबार आफ्नै निवासमा भएको पुष्टि गरेका छन् । उनले पिताको निधनका बारेमा सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....