इलाम बसपार्कका लागि करोडौँको जग्गादान

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार ११:४०


इलाम, बैशाख २० ।
इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् ।

बसपार्कका लागि सूर्याेदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन/तीन रोपनी जग्गा दान दिएका छन् ।

सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब रु ३० लाखभन्दा बढी पर्छ ।

बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै रु १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताए ।

नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट रु नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट रु चार लाख ६९ हजार र उपभोक्ता समितिबाट रु एक लाख २३ हजार विनियोजन भएको हो । प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....