नायिका महिमा सिलवालकाे २२ वर्षकाे उमेरमा सवारी दुर्घटनामा परी मृत्यु

काठमाडाैं, फागुन १ ।
नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा परी निधन भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो । चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगरकी २२ वर्षीया सिलवालको लु. २ ख १३५ नम्बरको बसले उनी सवार बा. ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै निधन भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।
प्रतिक्रिया