६ थान सकेट बम सेनाद्वारा नष्ट

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार ११:२३


गाईघाट, बैशाख २० ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मंगलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ ।

नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेकाअनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो ।

भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताएका छन् ।

बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....