काठमाडाैं फर्कने क्रममा लाेक गायक कटुवाल ज्यान मार्ने उद्याेगमा पक्राउ

तनहुँ, फागुन ६ ।
लोक गायक प्रकाश कटुवाललाई पक्राउ गरिएकाे छ । तनहुँको डुम्म्रेबाट उनलाई गएराति ज्यान मार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले दिएको जानकारीअनुसार कटुलालले डुम्म्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएका थिए ।
गत शुक्रबार एक कार्यक्रमका लागि काठमाडौंबाट पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाएर फर्कने क्रममा विवाद भएको थियो । गुरुङ र कटुवालबीचको विवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरेका थिए ।
रड प्रहारबाट गुरुङको टाउकोमा चोट लागेको छ । घाइते गुरुङकी छोरीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा कटुवाल पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा पक्राउ परेका हुन् ।
उनीमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया